Logo

पूर्ण परियारको तिज गीत ‘कति राम्री कति’ सार्वजनिक–भिडियो सहित



काठमाडौं, ३ असार । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा सर्जककहरुले एकपछि अर्को गर्दै नयाँ नयाँ भाकामा तीजका गीतहरु बजारमा पठाउन थालेका छन् ।

यस वर्षको तिजले पनि नारीलाई मात्रै भन्दा पनि पुरुषलाई पनि समेट्ने प्रक्रियालाई तोड्न सकेन । अहिले तीजमा पनि पुरुष कलाकारलाई राम्रैसँग छोएको छ। पहिले पहिले एकादुइ तीजका गीतहरु सुन्न पाइने भएपनि हिजो आज तीजका गीत गाउन प्राय जसो कलाकमीको प्रतिस्पर्धा भइरहेको कुरा सत्य हो।

संगीत क्षेत्रमा लाग्ने देखि संगीतप्रति आस्था राख्ने सबैले तिजका गीतहरु गाउन थालेका छन । अधिकांश तीजका गीतहरुमा चेलीको बेदनाका शब्दहरु समेटिएका हुन्छन भन्न सकिदैन केही गीतमा तिजको मर्म विपरित गीत पनि आईरहेका छन् ।

तर यस पालिको तिजमा गायक पुर्ण परियारले ‘कति राम्री कति’ बोलको सन्देशमुलक गीत बजारमा ल्याएका छन ।

अरु भन्दा मेरो श्रीमान नै राम्रो र अरु केटी भन्दा मेरी श्रीमती राम्रो भन्ने खालका शब्दहरु यस गीतमा समावेश गरिएका छन । गायक पुर्ण परियार भन्छन,‘श्रीमान श्रीमतीको पवित्र नातालाई विभिन्न टिकाटिप्पणी गरेर तीजका गीतमा गाइएको र त्यसले समाजमा नराम्रो सन्देश दिइरहेको अवस्थामा सन्देशमुलक गीत ल्याउने प्रयास गरेको छु ।’

उनले अघि थपे,‘भन्छन मैले यो गीत धुर्मुस सुन्तलीलाई हेरेर बनाएको हुँ, जसले श्रीमान श्रीमती मिलेर त्यत्रो महान काम गरेका छन, श्रीमान श्रीमती मिलेर काम गर्दा केहीको कमी नहुने सन्देश यो गीतले दिन खोजेको छ।’

चर्चित सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा तयार पारिएको गीतमा चर्चित गायिका देवि घर्ती र पूर्ण परियारले स्वर दिएका छन् । यस गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । छायाङ्कनमा राजेश घिमिरे र सुदिप बिष्टले साथ दिएका छन् भने प्रकाश सपुत र अञ्जली अधिकारीको अभिनयमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्