Logo

प्रदेश नं. ३ का जनताद्धारा काठमाडौं ठप्प पार्ने चेतावनी



काठमाडौं, ३ साउन । भूकम्प प्रभावित गुम्बा विहार पुनर्निर्माण संघर्ष समितिले सरकारसामु १० बुँदे माग अघि सारेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर भुकम्पबाट क्षती भएका ९ सय ९३ गुम्बा तत्काल निमार्ण सुरु गर्नुपर्ने, हालै जारी गरिएको नयाँ कार्यविधि खारेज गर्नुपर्ने, नयाँ वजेट अनुसारकै रकम प्रदान गर्नुपर्ने, भत्किएका गुम्बाको संख्याको पहिचान गर्नुपर्ने लगायत माँग अघि सारेको हो ।

पूर्वराज्यमन्त्री सुर्यमान दोङ ‘लालध्वज’ले भुकम्पबाट भत्केका गुम्बा तत्काल निमार्ण गर्नुपर्ने बताएका छन् । उनले भने,‘भुकम्प गएको दुईवर्ष बितिसक्यो कुनै पनि संरचना निमार्ण भएका छैनन्, राज्यको कोषमा पैसा बसेको छ, निर्माण गुर्नपर्ने संरचना र पीडितहरु पालमुनि रात काटिरहेका छन् सरकारले अब बिलम्ब गर्नु हुँदैन।’

उनले अघि थपे,‘यदि हाम्रो मागहरूप्रति सरकार गम्भिर भएन भने प्रदेश नम्बर तीनका जनता राजधानीमा आन्दोलनमा उत्रिन बाध्य हुनेछन् ।’

संघर्ष समितिका संयोजक सानुबाबु लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा घ्याम्छो लामाले रामेछाप, दोलखा, सिन्धुपलान्चोक लगायत जिल्लामा समाजसेवी गुरु लगायतले निःशुल्क रुपमा जग्गा उपलब्ध गराउँदा पनि सरकारले गुम्बा निर्माण नगरेको आरोप लगाए ।

उनले भने, ‘स्वयम् मैले पनि गुम्बा निर्माणको लागि जग्गादान गरें, तर सरकारले भनेको समयमा गुम्बा निर्माण गर्न सकेन, अनेक नाममा उल्टै पैसा माँग्ने काम भएको छ।’

त्यस्तै नेपाल तामाङ घेदुङ प्रदेश नम्बर ३ का संयोजक सोम्वाले तामाङले साउन १० गतेभित्र आफ्ना मागहरू सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने,‘यदि सकारले हाम्रा मागहरू १० दिनभित्र सुनुवाई गर्छ भने हामी स्वागत जुलस निकाल्ने छौँ ,यदि सम्बोधन गर्दैन भने हाम्रो बिरोध आन्दालोनमा परिणत हुनेछ ।’

कार्यक्रममा संस्थाका सचिव रामेश्वर ढकालेले प्रेस विज्ञप्त बाचन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्