Logo

भानु देउवा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त



काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव रहेका भानु देउवा प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री देउवाले सँगसँगै सचिवालयलाई पनि विस्तार गरेका छन् ।

भानु यसअघि लामो समयदेखि देउवाको निजी स्वकीय भएर काम गरिरहेका थिए । प्रधानमन्त्री बन्नु अघि भानुले सहयोगिको सबै काम गर्दै आएका थिए ।

यसअघि प्रधानमन्त्री देउवाले केशव जोशीलाई स्वकीय नियुक्त गरेका थिए । यस्तै, गोविन्द परियार वरिष्ठ संचार विज्ञको रुपमा नियुक्त भएका छन् भने, दिनेश भट्टराई परराष्ट्र सल्लाहकार नियुक्त भइसकेका छन् ।

प्रधानमन्त्री देउवाले सचिवालयमा अहिलेसम्म ५ जना नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सात जना मन्त्री राखेर मन्त्रिपरिषद् गठन गरेपनि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot