Logo

एमालेको सहमतिमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने कांग्रेस र माओवादी केन्द्रवीच सहमति



काठमाडौं, ३ साउन । सरकारले एक दुई दिनभित्रै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारी गरेको छ । आयोग गठन गर्नेबारे सत्तारुढ दलवीच एमालेसँग राय लिनेबारे आज सहमति भएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेका हुन् ।
सत्तारुढ दुई दलबीच प्रेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ । प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गरिने कांग्रेस नेता रमेश लेखकले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
उनले भने,“आयोग गठन गर्नेबारे प्रधानमन्त्री गम्भिर बन्नुभएको छ, उहाँले एमालेका साथीहरुसँग सहमति गरेरमात्रै आयोग गठन गर्नुहुनेछ, आजको बैठकमा हामी र माओवादी केन्द्रका साथीहरुवीच यही मोटामोटी सहमति भएको छ।”
कांग्रेस र माओवादीले भोलि नै राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गर्ने तय भएको छ । संसदमा विचाराधिन संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न माँग गरिरहेको राजपासँग सत्तारुढ दलले भोलि एक चोटी अन्तिम राय लिने तयारी गरेको हो । राजपाले प्रस्ताव पास वा फेल जे भएपनि परिणाम स्विकार गरेर अघि बढे प्रस्ताव भोटिंगमा लैजाने सत्तारुढ दलको तयारी रहेको उच्च स्रोतले जनायो ।
 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot