Logo

पूर्वराजा ज्ञानेन्द्रको उपचारमा संलग्न चिकित्सक भन्छन् : स्वास्थ्य अवस्था सामान्य



४ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकहरुले बताएका छन् । ।

शाह नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएका थिए । धमनीमा ८०-८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्टी गरिएको छ ।

अस्पतालले दिउँसो पत्रकार सम्म्मेलन गरेर आईसीयू कक्षमा रहेका शाहको अवस्था सामान्य रहेको बताएको छ । उनी अर्कोसाता थाइल्याण्डको राजधानी बैंकक जाँदैछन् । त्यसअघि एकपटक स्वदेशमै स्वास्थ्य जाँच गर्छु भनेर नर्भिकमा पुगेका उनको मुटुमा समस्या देखिएपछि अपरेशन गरिएको हो ।

पूर्वराजा ज्ञानेन्द्रलाई सन् २०१४ मा हर्ट अट्याक भएको थियो । त्यतिबेला पनि उनको एनजिओप्लास्टी गरिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot