Logo

प्रदेश नम्बर २ को रणनीति बनाउन कांग्रेसले बोलायो राष्ट्रिय भेला



काठमाडौं, ४ साउन । प्रमुख दल नेपाली कांग्रेसले भोलि विहान मधेशबाट प्रतिनिधि गर्ने सांसद तथा नेताहरुको राष्ट्रिय भेला बोलाएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार आगामी असोज २ गते हुने स्थानीय तहको प्रदेश नम्बर २ को निर्वाचनलाई लक्षित गरेर चुनावी तयारी र समिक्षा गर्न भोलि राष्ट्रिय भेला बोलाएको हो ।

भेलामा मुख्यतयः प्रदेश नम्बर २ को निर्वाचनको लागि एक महिना अघि नै उम्मेद्धवारलाई टिकट दिने तर टिकट दिँदा राम्रो मान्छेलाई दिनेबारे ठोस निर्णय लिईने बुझिएको छ ।

यसअघि भएका स्थानीय तहको दुई चरणको निर्वाचनमा टिकट वितरणमा गम्भिर त्रुटि भएपछि चुनावमा सोचेजस्तो परिणाम आउन नसकेको गुनासो पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरुबाटै भएको थियो । त्यसैले नम्बर प्रदेशको निर्वाचनलाई लक्षित गरेर आगामी चुनावी रणनीति बनाउन भेला केन्द्रित हुने कांग्रेस स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot