Logo

कस्तो रह्यो बुधवारको शेयरबजार ?



साउन ४, काठमाण्डौ । नयाँ आर्थिक बर्षको सुरुवातदेखिनै सकारात्मक देखिएको नेप्से परिसुचक साताको चौथो दिन बुधबार सामान्य अंकले ओरालो लागेको छ । नेप्से सूचक सामान्य अंकले ओरालो लागेपनि कारोबार रकम बढ्दा लगानीकर्तामा उत्साह छाएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव १४ अंकले ओरालो लागेर १ हजार ६ सय ३७ दशमलव २७ को बिन्दुमा कारोबार बन्द भएको छ ।

परिसूचक घटे पनि बुधबार ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सकारात्मक रहेको छ । क वर्गका कम्पनीहरू कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव शून्य २ अंकले उकालो लागेर ३ सय ४७ दशमलव ६५ को बिन्दुमा बन्द भएकोछ । परिसूचकमा सामान्य करेक्सन आएसँगै कारोबार रकममा पनि मंगलबारको तुलनामा केही कमी आएको छ । मंगलबार १ अर्ब २१ करोडको शेयर किनबेच भएको बजारमा बुधबार १५५ कम्पनीको १ अर्ब १७ करोड ६१ लाख ८ हजार १३८ रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

बुधबार कारोबार भएका समूहमध्ये बीमा र होटल बाहेकका सबै समूहका परिसुचक घटेका छन् । मंगलबार ४१६ अंकले उकालो लागेको बीमा समूह बुधबार ५१ दशमलव ९६ अंकले उकालो लागेर ८ हजार ९ सय १५ दशमलव ७१ अंकमा बन्द भएको छ । त्यसैगरी होटेल समूह पनि १० दशमलव ३४ अंकले उकालो लागेर २ हजार ३ सय १४ अंकमा बन्द भएको छ ।

बुधबारको कारोबारमा सबैभन्दा धेरै फाइनान्स समूह ७ दशमलव शून्य ९ अंकको गिरावट आएको छ । वाणिज्य बैंक समूहको सूचक २.७७, विकास बैक ४ दशमलव ७१, ३ दशमलव १९ अंकले जलविधुत समूह ओरालो लागेको छ । त्यसैगरी २ दशमलव ६४ अंकले उत्पादन तथा प्रशोधन समूह र शून्य दशमलव ५८ अंकले अन्य समूह ओरालो लागेकोछ । । कारोबार रकममा नेको इन्सुरेन्सले अग्रता लिएको छ ।

नेपाल लाइफको ७ करोड ३३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था परेका छन् । यो समूहअन्तर्गतकोे नेपाल लाइफ इन्स्योेरेन्सको ७ करोड २१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।

बुधबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा अपि पावर कम्पनी लिमिटेड रहेको छ । बुधबारको कारोबारमा अपि पावरको ९ दशमलव ९६ प्रतिशतले मूल्य बढेको छ । त्यस्तै नेको इन्स्योरेन्सको ८ दशमलव ५९ प्रतिशतले शेयर मूल्य बढेको छ । सर्वाधिक गुमाउनेमा सिनर्जी फाइनान्सका लगानीकर्ता रहेका छन् ।।

 



प्रतिक्रिया दिनुहोस्