Logo

यस्तो छ तेस्रो चरणको निर्वाचन कार्यतालिका



काठमाडौँ, ५ साउन । निर्वाचन आयोगले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले कार्यतालिकासहितको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

प्रदेश नं. २ का ८ (आठ) जिल्लाका १२७ (एक सय सत्ताइस) स्थानीय तह (गाउँपालिका/नगरपालिका) को निर्वाचन सम्पन्न गर्नको लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय गरेको छ ।

यस्तै असोज २ गते बिहान ७:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको पनि प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्