Logo

एमाले शीर्ष नेताहरुको एक स्वर :‘एमालेबाट अबको प्रधानमन्त्री बामदेव नै हो’



काठमाडौं, ५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेताहरु एवम् पूर्वप्रधानमन्त्री क्रमशः केपी शर्मा ओली, झलनाथ खनाल र माधव कुमार नेपालले पार्टीबाट अबको प्रधानमन्त्रीको उम्मेद्धवारमा उपाध्यक्ष वामदेव गौतमलाई नै उठाउने तयारी गरेका छन।

बरिष्ठ नेता खनालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘यो संसदको अवधिभरिमा प्रधानमन्त्रीको उम्मेद्धवार वामदेवजी नै हो नि, उहाँलाई हामी सबैको समर्थन र सहयोग रहन्छ।’

यता एमालेबाट प्रधानमन्त्रीको उम्मेद्धवारको चर्चामा रहेका स्वयम् गौतमले पनि पार्टीबाट आफू नै अबको प्रधानमन्त्रीको उम्मेद्धवार भएको दाबी गरेका थिए । पत्रकार धमलासँगको कुराकानीमा उनले भनेका थिए,‘मेरो पार्टीबाट अब म नै हो, प्रधानमन्त्रीको उम्मेद्धवार, म किन नहुने ?’

एमाले अध्यक्ष ओलीले त वामदेवलाई आफूले खुलेरै सहयोग गर्ने वचन दिएको उनी निकट स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्