Logo

रामनाथ कोविन्द बने भारतको १४ औं राष्ट्रपति



काठमाडौं, ५ साउन । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएकी छन् ।

नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य पनि थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot