Logo

विहिवारको शेयरबजार एक दशमलव ५२ अंकले ओरालो लाग्दा कारोबार रकम २१ करोडले कमी



साउन ५, काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०७४–७५ को शुरुवातदेखि नै लगातार तीन दिन सकारात्मक देखिएको बजारले लगानीकर्ताहरुमा उत्साहा छाएको थियो । तर साताको चौथो दिनदेखि कारोबारमा गिरावट देखिएको बजारमा पाचौं दिनमा पनि सामान्य अंकले गिरावट आएको छ ।
विहिबारको कारोबारमा १ हजार ६ सय ३७ दशमलव १ ७ अंकबाट हरियो भएर सुरु भएकोमा नेप्से परिसूचक एक दशमलव ५२ अंकले ओरालो लागेर १ हजार ६ सय ३५ दशमलव ७५ को बिन्दुमा कारोबार बन्द भएको छ ।

नेप्से परिसूचक घटेसँगै बिहीबार ‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ परिसुचक पनि शून्य दशमलव शून्य ९ अंकले ओरालो लागेर ३ सय ४७ दशमलव ४५ को बिन्दुमा बन्द भएकोछ । बुधबारको तुलनामा कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार १ अर्ब १७ करोड ६१ लाख ८ हजार १३८ रुपैयाँको शेयर किनबेच भएको बजारमा बिहीबार १५५ कम्पनीको ९६ करोड ७ लाख ३८ हजार ४०६ रुपैयाँको शेयर खरिदबिक्री भएको छ । साताको सुरुवातदेखिनै लगातार लगानीकर्ता बीमा कम्पनीतर्फ नै आकर्षित देखिएका छन् । बिहीबार कारोबार भएका समूहमध्ये बीमा, उत्पादन तथा प्रशोधन, फाइनान्स र अन्य बाहेकका समूह घटेका छन् ।

बुधबार ५१ अंकले बढेको बीमा समूह आज ७७ दशमलव ४ अंकले उकालो लागेर ८ हजार ९ सय ९३ दशमलव ११ अंकमा बन्द भएको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूह १३ दशमलव ४७ अंक, वित्त समूह १ दशमलव २८ अंक, त्यसैगरी अन्य समूह शून्य दशमलव ५८ अंकले उकालो लागेका छन् । विहिबारको कारोबारमा सबैभन्दा धेरै होटल समूहको परिसुचक १६ दशमलव ४४ अंकले ओरालो लागेर २ हजार २ सय ९७ दशमलव ५६ अंकले ओरालो लागेको छ ।

त्यसैगरी ५ दशमलव ४४ अंकले बाणिज्य बैक, ३ दशमलव ८९ अंकले विकास बैक, जलविधुत ११ दशमलव ३१ ओरालो लागेकोछ । विहिबारको कारोबारमा नेपाल लाइफ इन्स्योेरेन्सको ६ करोड १४ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसेगरी नेको इन्स्योेरेन्सको पनि ५ करोड ५३ लाखभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा हाम्रो विकास बैंक रहेको छ भने हाम्रो विकास बैंकको शेयरमूल्य बिहीबार ८ दशमलव २३ प्रतिशतले मूल्य बढेको छ । त्यसैगरी विहिबारको कारोबारमा आरएसडीसी लघुवित्तको ४ दशमलव ६७ प्रतिशतले शेयर मूल्य बढेको छ । सर्वा्धिक गुमाउनेमा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot