Logo

पुटिन र ट्रम्पबीच अमेरिकामा रसियाली बालबालिकाबारे कुराकानी भएको क्रेमलिनको दाबी



मस्को (रसिया), ५ साउन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन तथा उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच अमेरिकी नागरिकद्वारा रसियाली बालबालिकाको अङ्गीकारका बिषयमा जी–२० शिखर सम्मेलनको अवसरमा छलफल गर्नुभएको क्रेमलिनले बिहीबार जनाएको छ ।

अमेरिकी नागरिकद्वारा रसियाली बालबालिकाको अङ्गीकार गरेको बिषयमा छलफल भएको कुरा म विश्वास दिलाउन चाहन्छु तर यसबारे थप कुरा भन्न सक्दिन, क्रेमलिन प्रवक्ता दिमित्री पेश्कोभले नियमित पत्रकार सम्मेलनमा बताउनुुभयो ।

प्रवक्ताले अमेरिकी नागरिकले रसियाली टुहुरा बालबालिकालाई अङ्गीकार गर्नमा प्रतिबन्ध लगाइएको दिमा याकोभलेभ कानून रद्द गरिन लागेको हो त भन्ने विषयको खण्डन गर्नुभयो र थप्नुभयो, “यो बिषय छलफल भएको छैन ।”

जुन सन् २०१२ को डिसेम्बरमा रसियाली राष्ट्रपति पुटिनले ल्याउनुभएको कानूनलाई अमेरिकाको म्याग्निट्स्की ऐनको बदलास्वरूप ल्याइएको बताइने गर्छ । उक्त ऐन अमेरिकाले सन् २०१२ को अन्त्यतिर नै ल्याएको थियो ।

म्याग्निट्स्की ऐनले रसियाली वकिल सर्गेइ म्याग्निट्स्कीको हत्यामा सम्लग्न मानिएका रसियाली अधिकारीमाथि राजश्व छलीको आरोपमा लगाई अमेरिका भ्रमणमा रोक लगाउन भिसा नदिने र उनीहरूको सम्पत्ति जफत गर्ने विषयको व्यवस्था गरेको थियो ।

अमेरिकी सञ्चारमाध्यमले यसहप्ताको शुरुदेखि नै पुटिन र ट्रम्पबीच जी–२० शिखर सम्मेलनको अवसरमा दुई घण्टाको औपचारिक कुराकानी बाहेक गोप्य दिवा भोजमा सरिक भएको समेत छापेका थिए ।

ह्वाइट हाउसले बुधबार एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दिवा भोजमा छोटो कुराकानी बाहेक कुनै दोस्रो छलफल नभएको जनाइएको थियो ।

यस विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै गोप्य भोजबार आएका खबर सवै बनावटी अर्थात् आधारहीन समाचार भएका भन्दै बुधबारै खण्डन गर्नुभएको थियो । सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot