Logo

वृद्धाश्रममा रु तीन लाखको अक्षयकोष



पोखरा, ६ साउन । आफ्नो बुबाको चौरासी पूजाको उपलक्ष्यमा यहाँका एक व्यक्तिले पोखरा वृद्धाश्रममा रु तीन लाखको अक्षयकोष स्थापना गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका– ४ गैरापाटन घर भई हाल काठमाडौँ बस्दै आउनुभएका किशोर पराजुलीले बुबा रुद्रमणि पराजुली र आमा स्व कृष्णकुमारी पराजुलीको नाममा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

यससाथै उहाँले मन्दिर निर्माणका लागि पनि रु ८४ हजार सहयोग गर्नुभएको छ । किशोर पराजुली र उनकी श्रीमती गीता पराजुलीले वृद्धाश्रमका प्रमुख संरक्षक वसन्तकेशव पराजुली र अध्यक्ष टीकाराम भण्डारीलाई उक्त रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot