Logo

निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष भन्छन्,‘ युद्धस्तरमा काम हुन्छ, समय थप्नुपर्दैन्’



निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष पूर्वन्यायाधीश कमलनारायण दासले आफूहरुले युद्धस्तरमा काम थाल्ने बताएका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगमा कसरी काम गर्नुहुन्छ, सरकारले तोकेको समयमा काम गर्न सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने सन्दर्भमा आयोगका अध्यक्ष दाससँग पत्रकार ऋषि धमलाले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

आयोगको अध्यक्ष बन्नु भन्दा पहिले कुनै राजनीतिक दलले यसबारेमा केही सोधेका थिए ?

सोधेका थिए ।

कुन–कुन दलका नेता कार्यकर्ताले सोध्नु भएको थियो नि ?

यति व्यक्तिले भन्नुभयो भन्नुपर्छ भन्ने जरुरी छैन् ।

२१ दिनको लागि आयोग बनाईएको छ ? काम गर्नक्नुहुन्छ ?

हामी पाँच जना छौँ। सबै साथीले सहयोग गर्नुहुन्छ । अर्कोतर्फ सरकारले हामीलाई सहज वातावरण बनाउने छ । हामी कठिन काम सहज तरिकाले सम्पन्न गर्ने कोशिस गर्नेछौँ ।

तीन हप्तामा ३९५ निर्वाचन क्षेत्र बनाउनुपर्नेछ होईन त ?

हो । हामी त्यसैको लागि यो जिम्मेवारीमा आएका छौँ। प्रदेश र केन्द्रको संख्या निर्धारण गर्नुपर्छ । हामीले आजबाटै कानुनले दिएको कार्य पुरा गर्नेछौँ।

निर्वाचन क्षेत्र निर्धारण आयोगमा बसेर काम गर्ने अवस्थासम्म आउदा कुनै अनुभव छ ?

कसरी हुन्छ ? यो आयोग नै पहिलो हो । गर्दै जाँदा हुने हो नि । हामी पाँच जनासँगै पूर्व अनुभव छैन् । काम गर्दै जादा सकिन्छ । सक्नु पर्छ ।

तपाईको अध्ययनको विषय कुन हो नि ?

मेरो राजनीतिशास्त्र हो ।

सर्वोच्च अदालतको प्रधानन्याधीश बनेको मान्छे निर्वाचन क्षेत्र निर्धारणको भूमिकामा आउनु भयो नि ?

सरकारले जिम्मा दिएको छ । काम गर्नुपर्छ । संसारमा जति पनि काम हुन्छन् । ती अधिकांश काम अनुभवका आधारमा हुन्छन् नि ?

पाँच जनाको टिमले तोकेको समयमा दिएका काम सम्पन्न गर्छ त ?

अरु आयोगको बारेमा मलाई थाहा भएन । हामी पाँचजना अनुभवी काम गरेको मानिस छौँ। भौतिक रुपले सके जति काम गछौँ। काम युद्धस्तरमा हुन्छ ।

जटिल काम छ नि ?

गाह्रो काम गर्ने मान्छे हो म । हामीले पाएको जिम्मा सक्दो पुरा गर्नेछौँ।

दुई नम्बर प्रदेशको हकमा के भन्नुहुन्छ ?

कानुनले भने जति हामीले काम गर्ने हो । भुगोलविद, मानवशास्त्र साथीहरू हुनुहुन्छ। सकेसम्म कानुनले हामीलाई दिएको अधिकारलाई सक्दो उपभोग गरेर जनताको हितमा काम गर्नेछौँ।

समय पुगेन हामीलाई समय थप्नुस भनेर भन्नुहुँदैन नि ?

हामी सकभर भन्दैनौ । हामी युद्धस्तर रुपमा काम गर्नेछँौ। ।

 



प्रतिक्रिया दिनुहोस्