Logo

सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप–२०७४ हुने



काठमाडौं, ६ साउन । । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा आगामी साउन २६, २७ र २८ गते सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप–२०७४ आयोजना हुने भएको छ ।

खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कप आयोजना गर्न लागिएको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरले शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे जानकारी दिएको छ ।

प्रतियोगिता, आयोजक संस्था गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैंसेपाटीमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन साउन २६ गते विहान ८ बजेबाट भैसेपाटीस्थित फुटसल मैदानमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५०, ०००। नगद पुरस्कार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ भने द्धितिय हुने टिमलाई रु २५ हजार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ ।

त्यस्तै फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोेगितामा काठमाडौं उपत्यकामा रहेका सबै सञ्चार माध्यमहरुले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता पत्रकार सम्मेलनमा गोलपोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक केशव थापाले पत्रकारको परिवारलाई सहयोग गर्नका लागी प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै आगामी दिनमा पनि बिबिध कार्यक्रम गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

त्यस्तै पत्रकार सम्मेलनमा खेल संयोजक पत्रकार दिलिप थापा मगरले यस वर्षपनि बिभिन्न टेलिभिजन, पत्रपत्रिका, रेडियो तथा अनलाईन मिडियाको टिमको सहभागीता हुने बताए ।

उहाँले पत्रकारबिचको एकतालाई प्रगाढ गर्दे सहयोगी भावनाको बिकास गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले संचारमाध्यमविच हुने प्रतियोगीताले पत्रकारबिचको एकता अझ बढ्ने बिश्वास व्यक्त गरे । उनले उक्त प्रतियोगितालाई सफल बनाउनको लागि आफू र क्लबले कुनै कसर बाँकी नराख्ने समेत जनाए ।

प्रतियोगितालाई पिनाकल कलेज लगनखेलले प्रायोजन गरेको आयोजकले जनाएको छ । त्यस्तै रेडवुलले सहप्रायोजन गरेको छ । यसअघि एक वर्षअघि भएको पहिलो राष्ट्रिय अन्तर मिडिया फुटसल कप २०७३ को उपाधी ईमेज टेलिभिजनले जितेको थियो भने नेपाल टेलिभिजन दोश्रो भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्