Logo

थ्यांक यु नर्भिक भन्दै यसरी डिस्चार्ज भए पूर्वराजा ज्ञानेन्द्र शाह, अस्पतालमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ६ साउन । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो तीन बजे अस्पतालबाट डिस्चार्ज भएका छ। उनको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. शिवजी सिलवालले जानकारी दिए ।

पूर्व राजा ज्ञानेन्द्रको मुटुमा समस्या देखिएपछि उनी गत बुधवार  थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । डा. यादवदेव भट्ट लगायतको टिमले उनको बुधवार विहान कोलोनरी एन्जियोप्लाष्टी गरेको थियो । उनको मुटुको एउटा धमनीमा ८० देखि ८५ अवरोध देखिएको थियो ।

विदाई हुनेबेला अस्पतालमा पूर्व युवराज पारश शाह समेत पुगेका थिए । ज्ञानेन्द्रलाई अस्पतालबाट डिस्चार्ज गर्नेबेला राजावादी नेता तथा कार्यकर्ताहरु आएका थिए । त्यस्तै उनको विदाईमा अस्पताल परिसरमा रातो कार्पेट नै विछ्याईएको थियो । उनको विदाईमा अस्पताल प्रशासकदेखि लिएर अन्य कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तीन दिनको अस्पताल बसाईमा उनले बाहिरको खाना खाएनन् । उनको लागि निर्मल निवासबाट नै खाना ल्याईने गरिएको थियो ।

उनी अस्पतालमा रहँदासम्म डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्र बहादुर चन्द लगायतका नेताहरु भेट्न पुगेका थिए । त्यस्तै, अस्पतालमा पशुपतिभक्त महर्जन र सागरराज तिमिल्सिना सदावहार रुपमा उपस्थित् थिए ।

अस्पतालका जेनरल म्यानेजर रवि शर्मालाई विदाई हुने बेला ज्ञानेन्द्रले ‘थ्यांक यु रवि, थ्यांक यु नर्भिक’ भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot