Logo

पहिला खान नपाएर कम्युनिष्ट नेतालाई ग्यास्ट्रिक हुन्थ्यो, अहिले धेरै खाएर कोलस्टोर छ : अमिक शेरचन



काठमाडौं, ६ असार । चार दिनदेखि जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयका वैठकमा शीर्ष नेताहरुले आ–आफ्नो धारणा राख्नेक्रम आज पनि जारी छ ।

नेता अमिक शेरचनले पार्टी्भित्र जो–जो नेताले दोहोर्याई– तेहर्यााई मन्त्री हुन मन गर्छन उनीहरुको नियत ठीक नभएको बताए ।

‘एउटै मान्छे पटक–पटक, घुमाई–फिराई किन मन्त्री हुन्छ ? कुरा सिधा छ घुस खान मन्त्री हुन्छन् । म केही समय स्वास्थ्यमन्त्री भएँ । त्यहाँ के भ्रष्ट्राचार होला भनेको त त्यो त सवै भन्दा ठूलो भ्रष्ट्राचारको केन्द्र रहेछ ।’ उनले भने, ‘अहिले हाम्रा केही साथीहरुलाई त्यहीँ मन्त्रालयमा जान मरिहत्ते छ ।’

नेता शेरचलने विगत र अहिले संगठनमा काम गर्ने तौरतरिकामा धेरै फेरबदल आएको बताए । ‘ मैले पुष्पलालदेखि प्रचण्डसँगसम्म काम गरेँ । चेपाङ र सुकुम्वासी वस्तीमा गएर संगठन बनाएँ । पहिला पहिला खान नपाएर कम्युनिष्ट नेता–कार्यकर्तालाई ग्यास्ट्रिक हुन्थ्यो । अहिले हेर्नुस् त धेरै खाएर कोलस्टोर छ ।’



प्रतिक्रिया दिनुहोस्