Logo

आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नका लागि अर्थमन्त्रीको यस्तो उपाय



साउन ६, काठमाण्डौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहका आर्थिक क्रियाकलापलाई विस्तार गरेर वृद्धिदरको लक्ष्य हासिल गर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित बजेट र मौद्रिक नीतिपछिको मुद्दा र चुनौति विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भूकम्पपछिको पुनः निर्माणलाई समेत तिब्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री कार्कीले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई समेत जोड दिने बताउनुभयो । योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि थुप्रै प्रस्ताव गरिएको जानकारी दिदै मन्त्री कार्कीले कृषि क्षेत्रका कार्यक्रम कार्यान्वयन गर्न सके मात्रै पनि आर्थिक वृद्धिदर हुने तर्क गर्नुभएको छ ।

प्रदेश सरकार गठन हुनासाथ प्रदेशलाई छुट्याइएको बजेट हस्तान्तरण गरिने मन्त्री कार्कीको भनाई छ ।

अघिल्लो वर्षमा हासिल भएको छ दबमलब ९ प्रतिशतको आर्थिक वृद्धिदरको जगमा चालु आर्थिक वर्षमा सात दशमलब २ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा गरिएको कार्कीले बताउनुभयो ।

कार्कीले आर्थिक वृद्धिदर महात्वाकांक्षी भनिए पनि आधार तय गरेर नै लक्ष्य निर्धारण गरिएको दाबी गर्नुभयो ।
यातायात संजाल विस्तार र उर्जा क्षेत्रको प्रगतिले पनि आर्थिक वृद्धिदरमा सहयोग पु¥याएको भन्दै मुद्रास्फितीको दरलाई सिमाभित्रै कायम गर्ने मन्त्री कार्कीको दाबी छ ।

व्यापार घाटा कम गर्नका लागि आन्तरिक उत्पादनलाई बढावा दिने नीति सरकारले लिएको समेत कार्कीको भनाई छ ।।

 



प्रतिक्रिया दिनुहोस्