Logo

रामचन्द्रले यी मन्त्रालय माँगेपछि देउवा झस्किए, केन्द्रिय समितिबाट अनुमोदन नगराई मन्त्रिपरिषद विस्तार नगर्ने



काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद विस्तार झन पर सरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीचको विवादका कारण मन्त्रिपरिषद विस्तार ढिलो भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

बरिष्ठ नेता पौडेलले आफ्नो पक्षलाई महत्वपूर्ण मन्त्रालय नदिए मन्त्री बन्नेहरुको नाम नै नदिने धम्की दिएपछि प्रधानमन्त्री देउवा झस्किएका हुन् । स्रोतका अनुसार पौडेलले भौतिक मन्त्रालय, सूचना तथा सञ्चार तथा वाणिज्य मन्त्रालय लगायतका महत्वपूर्ण मन्त्रालय माँगेका थिए । तर देउवा भने पौडेलले माँगे अनुसार मालदार मन्त्रालय दिने पक्षमा देखिएका छैनन् ।

हुन त पौडेलले अहिले मन्त्रालयको संख्यामा समेत अड्को थापिरहेका छन् । सुरुमा पौडेल पक्षधरलाई दुई वटा मन्त्रालय दिने सहमति भएको थियो । तर पछि उनले तीन मन्त्रालय पार्टी सभापति देउवासँग आग्रह गरे । देउवाले पौडेल पक्षधरलाई जसरीपनि तीन मन्त्रालय दिने अन्तिम तयारी गरिरहेको बेला पौडेलले त्यसमा पनि भाउ खोजेर चार मन्त्रालय माँग गरे । तर, देउवा कुनैपनि हालतमा चार मन्त्रालय नदिने उद्धघोष गरिसकेका छन् । यसबाट पौडेल पक्षधर रुष्ट बनेको छ ।

यता कृष्ण सिटौला समूहमा पनि विवाद देखिएको छ । सिटौला पक्षबाट मन्त्री बन्ने तयारी गरिरहेका भीमसेनदास प्रधानलाई जसरीपनि रोक्नुपर्ने पक्षमा युवा नेता गगन थापाहरु ल्गोका छन् ।थापाले उनको नाममा सहमित जनाएका छैनन् ।

भीमसेनले काम गर्न नसक्ने थापाको जिकिर छ । थापाले यसपटकपनि आफूलाई नै सरकारमा दोहोर्याउनुपर्ने जिकिर गरेका हुन् । उनले आफू मन्त्री बनेर गए राम्रो काम गरेर चुनावमा पार्टीलाई राम्रो नतिजा दिलाउनेसम्म वचन पार्टी नेतृत्वलाई दिएका छन् ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार आउने मंगलबार वा बुधबारभित्रै मन्त्रिमण्डल विस्तार हुने बुझिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले तत्काल सरकार विस्तार गर्न दबाब दिईरहेको छ । माओवादीको दबाब यही अनुसार कायम रहे देउवाले जतिबेलापनि मन्त्रिपरिषद विस्तार गर्न सक्ने स्रोतको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot