Logo

कोक जस्ता पेय पदार्थ नखान सुझाब दिएका डा.भोला रिजालले प्लाष्टिकको चामलको बारेमा पनि मुख खोले



साउन ७, काठमाण्डौ । वरिष्ठ चिकित्सक डाक्टर भोला रिजालले कोक, फ्यान्टा, पेप्सी र स्प्राइट जस्ता पेय पदार्थ स्वास्थ्यका लागि अत्यन्तै हानिकारक भएको भन्दै सेवन नगर्न आग्रह गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.रिजालले त्यस्ता हानिकारक पेय पदार्थको सट्टामा फ्रेस र स्वास्थ्यवद्र्धक लेमनहरु खायौँ भने राम्रो हुन्छ ।

कोकजस्ता पेय पदार्थमा हुने केमिकलले मुटु, किड्नी, मस्तिष्कसम्मलाई हानी गर्ने भन्दै डा. रिजालले त्यस्ता केमिकलयुक्त पेया पदार्थबाट टाढा रहन सबैलाई सुझाब दिनुभएको छ ।
अन्य खानपिनको विषयमा पनि रिजालले सुझाब दिदै करेसाबारी हुनेले केही चिज रोपेर आफैँ उत्पादन गर्न आग्रह गर्नुभएको छ । करेसाबारी नहुनेले पनि छतमा तरकारीजन्य चिज रोपेर फलाउन सकिने बताउनुभएको छ ।
नेपालमा बाहिरबाट धेरै खाद्यान्न आउने गरेको छ । तर नेपालकै भूमिमा परिश्रम गर्ने हो भने नेपालले खाद्यान्न निर्यात गर्न सक्ने रिजालको दाबी छ । भारतको विहारको उदाहरण दिदै रिजालले कुनै बेला भोकमरी भोगेको विहारले अहिले धेरै वस्तु उत्पादन गरेर निर्यात गर्न सफल भएको बताउनुभयो ।
पछिल्लो समय प्लाष्टिकको चामलको चर्चा चलेको विषयमा समेत रिजालले भन्नुभयो, “ अहिले म सुन्दै छु, प्लाष्टिकको चामल आउँदै छ । हाम्रा दाजुभाइ दिदीबहिनी त्यो चामल खाए भने के हुन्छ ?”
स्वदेशमा उत्पादन नहुँदा जस्तो सुकै खाद्यान्न पनि खानुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै रिजालले नेपालीहरु सचेत हुनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्