Logo

प्रधानमन्त्रीलाई सुझाब दिदै डा. भोला रिजालले गरे राजनीतिमा आउने खुलासा



डाक्टर तथा वरिष्ठ चिकित्सक भोला रिजाल परिचित नाम हो । गीत रचना र चिकित्सक पेशालाई सफलतापूर्वक अगाडि बढाउन सफल रिजाल देशप्रति चिन्तित हुँदै राष्ट्रिय समस्या समाधानका लागि राजनीतिमा आउन चाहेको खुलासा गरेका छन् । रिजालसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नपाल बहसका लागि अन्तवार्ता लिनुभएको छ । उक्त अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाइलाई डाक्टर बनाउनमा कस्को भूमिका थियो ?
मेरी श्रीमती सरलाको । म १५ वर्षको र सरला १२ वर्षको हुँदा हाम्रो विवाह भएको हो । मेरो हजुरबाले आफ्नो जीवनकालमै नातीको विवाह हुनुपर्छ भनेका कारण सानै उमेरमा विवाह भयो । उहाँले बोलेका कुरा हामी कसैले पनि काट्न सक्दैनथ्यौँ ।

तपाईं चिकित्सक भएको नाताले, के कारणले तपाई खुशी बन्न सक्नुहुन्छ ?
मलाई रमाइलो गर्न र खुशी हुनका लागि पुतलीसडक गएर छोइला, कचिला र रक्सी खानुपर्दैन । मैले उपचार गराएका बिरामी निको भयो भने म खुशी हुन्छु ।

नेपालीहरुले खानापिनमा ध्यान दिनुपर्ने कुराहरु केके छन् ?
सबै नेपाली दाजुभाइ, दिदीबहिनी र सम्पूर्ण क्षेत्रका पेशाकर्मीलाई दुईवटा कुरामा ध्यान दिन आग्रह गर्दछु । हाम्रो ठूलो समाजलाई कसैबाट पनि आँैला ठड्याउने मौका नदिऊँ । एकता भएर बसौँ, न कि कसैले फुटाउन नसकोस् । दोस्रो कुरा भनेको साहित्य र संगितबाट टाढा हुनुहुँदैन । भजन गाएर, सत्संगमा भाग लिएर वा किताबहरु पढेर साहित्य र संगितमा लाग्न सकिन्छ ।

नेपाली राजनीतिको कुरा गर्दा दलीय नेताहरुप्रति यहाँको धारणा के छ ?
मेरो सगरमाथा रोइरहेछ भन्ने एल्बममा एउटा गीत छ । प्रकाश श्रेष्ठले गाउनुभएको सुन फेरी यही देशमा विश्वेश्वर फर्कि आउँछन, पुष्पलाल जन्मिएर हामीलाई रुँदै सोध्छन् ।

हिजो विश्वेश्वर कोइरालाको स्मृति दिवस, आज पुष्पलालको ।
मेरा लागि सबै श्रद्धेय राष्ट्रिय नेताहरु हुनुहुन्छ । यि दुईजना बाहेक अलिकति राष्ट्रलाई डो¥याउन सक्ने मनमोहन अधिकारी हुनुहुन्थ्यो । अरु कसैले पनि राष्ट्रलाई डो¥याउन सकेनन् । यसमा मलाई दुःख लाग्छ ।

त्यसो भए अहिले हाम्रो देश नेताविहिन जस्तै हो ?
नेताविहिन नभनौँ । धेरै नेताहरु भए, एकले अर्कालाई नमान्ने प्रवृत्तिले देश विग्रिएको हो । जनताको मन जित्ने नेता कोही पनि भएनन् । मैले मान्ने नेता कोही छैनन् भन्नुपर्दा मलाई दुःख लाग्छ । मैले गीत पनि लेखेको छु, “कुर्दैछन् यस्तो मान्छे जसले यो देश जोगाउला ।”

देशको अवस्थालाई कसरी व्याख्या गर्नुहुन्छ ?
अहिले देशका ६० लाख युवा देश बाहिर गएका छन् । हामीले अझै पनि उनीहरुका लागि केही गर्न सकेका छैनौँ । देश र जनताको बारेमा सोच्ने चिन्तक नै भएनन् । विदेशिएका ६० लाख युवालाई स्वदेशमा प्रयोग गर्ने हो भने देश धेरै माथि उठ्न सक्छ । कोही युवा आएर देशलाई जोगाउनुपर्ने खाँचो छ । सहमति र सहकार्यका नाममा हाम्रो देश बिग्रिएको हो । प्रधानमन्त्री भएको व्यक्तिले राष्ट्रका लागिभन्दा बढि पार्टीलाई बढि समय दिएपछि देश कसरी विकास हुन्छ ? प्रधानमन्त्री मात्र होइन, सबै ठुला पदमा रहेकाले दलिय स्वार्थ त्यागेर राष्ट्रका लागि काम गर्नुपर्छ ।

तपाईं राजनीतिमा नआउने ?
मेरो आवश्यकता प¥यो भने म राजनीतिमा आउँछु । देशका लागि मेरो आवश्यकता जुन क्षेत्रमा पर्छ, म जान तयार छु । ज्योतिषीले मलाई संकट परेको ठाउँमा समाधान गर्नुपर्छ भन्नुभएको छ । त्यसैले म राजनीतिमा पनि समास्या समाधानका लागि आउन सक्छु । म आफ्नो तन, मन धन प्रयोग गरेर राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सक्छु ।



प्रतिक्रिया दिनुहोस्