Logo

मदन भण्डारीको प्रशंसा गर्दै पुष्पलाललाई जडसुत्रवादी किन भने माधवकुमार नेपालले ?



कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको आज ३९औँ स्मृति दिवस । २०३७ साल आजकै दिन उहाँको निधन भएको थियो । पुष्पलालको स्मृति दिवसको सन्दर्भमा ऋषि धमलाले नेकपा एमालेका नेता माधवकुमारसँग कुराकानी गनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि लिइ अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली राजनीतिमा पुष्पलाल श्रेष्ठलाई कसरी सम्झिनुहुन्छ ?
नेपाली राजनीतिका शिखर व्यक्तित्व, थोरै प्रमुख नेताहरुमध्येका एक, अर्थात दुई प्रमुख नेताहरुमध्येका एक पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पु¥याउनुभएको छ । पुष्पलाललाई भविष्यद्रष्टा भन्न सकिन्छ । उहाँले नेपाली राजनीतिको परिवर्तनको मूल पक्ष नेपाली कांग्रेस र कम्युनिष्टको एकतालाई मान्नुहुन्थ्यो । तर नेपाली कांग्रेसमा भएको कम्युनिष्ट विरोधी चिन्तनका कारण उक्त कुरा कहिल्यै पनि स्विकार गर्न सकेन । अन्तिम समयमा गणेशमान र कृष्णप्रसादले पुष्पलालले भनेको वास्तविकतालाई महशुस गर्नुभयो । पछि गिरिजाप्रसादले पनि स्विकार गर्नुभयो ।

कम्युनिष्ट र कांग्रेस मिल्दा देशमा के परिवर्तन भयो ?
देशलाई सहि दिशातिर लैजाने वातावरण बन्यो । एकताको वातावरण बन्दा भएका आन्दोलन सफल भए । २०४७ सालमा संविधान बनाउन सकियो । मुलुकलाई खुला वातावरणमा लैजान सक्यौँ ।

तर नेकपा एमालेले नै पुष्पलालको सिद्धान्त विर्सियो भन्ने आरोप छ ? एमालेले मदन भण्डारीको नीति मात्रै अँगालेको छ ।
माक्र्सवादको चर्चा ग¥यो भन्दैमा लेलिनवादलाई बिर्सियो भन्न मिल्दैन । माक्र्सवाद र लेलिनवादको सिद्धान्तलाई ग्रहण गर्दै अगाडि बढेका पुष्पलालको विचार स्थिर रहन सक्दैनथ्यो । जडसुत्रवादमा रमाउन चाहदैनथ्यो । यो गतिशिलताको सिद्धान्त भएको हुनाले समय अनुसार परिवर्तन गर्नु पर्छ । त्यसैले मदन भण्डारीले पुष्पलालको विरासतलाई ग्रहण गरेर माक्र्सवादलाई नेपालका धर्तीमा सृजनात्मक रुपमा प्रयोग गर्ने काममा भूमिका खेल्नुभयो । नेपाली सन्दर्भको माक्र्सवाद भनेको जनताको बहुदलीय जनवाद हो । यसको प्रणेता भनेको मदन भण्डारी नै हो । त्यसैले मदन भण्डारीलाई सम्झदा पुष्पलालालाई विर्सेको भन्न मिल्दैन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot