Logo

मधेशको मुद्वामा मधेशी नेताहरु एक हुुनुपर्ने बुद्धिजिवीहरुको जोड, दलहरु भने विभाजित, कोही चुनावको पक्षमा, कोही विपक्षमा



काठमाडौं, ७ साउन । मधेशका मुद्दामा सबै पार्टीका मधेशी नेताहरु एक भएर लड्नुपर्ने मधेशका बुद्धिजिवीहरुले सल्लाह दिएका छन् ।

शनिबार काठमाडौंमा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल र संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले संयुक्त रुपमा आयोजना गरेको ‘मधेशको सवाल र हाम्रो दायित्व’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

प्रमुख पार्टीका मधेशी नेताहरुवीच अब एकता हुनुपर्नेमा समेत कार्यक्रममा उपस्थित् बुद्धिजिविहरुको जोड थियो । उक्त कार्यक्रममा ठूला पार्टीहरुबाट अलग भएर रहेका साना मधेशवादी दलका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुद्धिजिवीहरु चन्द्रकिशोर झादेखि लिएर सिके लालसम्मले आफ्नो धारणा राखेका थिए । त्यस्तै राजपाबाट नेताहरु क्रमशः हृदेश त्रिपाठी, महेन्द्र राय यादव र वृषेशचन्द्र लाल थिए ।

सद्भावना पार्टी गजेन्द्रवादी नेता विकास तिवारीले आफू मात्रै मधेशको एजेण्डा बोक्ने नेता भएको दाबी प्रस्तुत गरेका थिए। ‘सत्ताको लागि मधेशवादी दलका नेताहरुले सँधै खुट्टा उचाल्ने काम गरिरहेका छन्, अनि कसरी उहाँहरुले मधेशको मुद्दा बोक्नुहुन्छ ?’

माओवादी केन्द्रका कार्यालय सदस्य मातृका यादवले मधेसीले सामानता नपाए विखण्डनको चेतावनी दिएका छन् । मधेसी जनताले देशमा समान सहभागिता चाहेका छन् यदि त्यो भएन भने मधेसी जनताले विद्रोह गर्ने चेतावनी दिँदै उनले भने, ‘समानता हुन्छ भने साथ रहन्छौ समानता रहेन भने बिद्रोह गर्छौ ।
उनले अहिले ल्याएको संविधान संशोधन विधेयकले मधेसको समस्या समाधान नहुने समेत बताए ।

 



प्रतिक्रिया दिनुहोस्