Logo

संन्यासको तयारीमा रहेका बोल्टले जिते स्वर्ण पदक



काठमाडौं, ७  साउन । आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले मोनाकोमा भएको डाइमण्ड लिगमा स्वर्ण पदक जितेका छन् ।

जमैकाका ३० वर्षे कीर्तिमानी धावक बोल्टले १ सय मिटरको दूरी ९ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । उनले अमेरिकाका इशाह योङलाई पछि पारेका हुन् । योङले ९ दशमलव ९८ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए ।

१० दशमलव ०२ सेकेन्डमा दूरी पूरा गरेका दक्षिण अफ्रिकाका एकानी सिम्बाइन तेस्रो भए ।संन्यासको तयारीमा रहेका बोल्टले आउँदो अगस्टमा लण्डनमा हुने विश्व च्याम्पियनसिपमा एक सय मिटर चार गुणा रिले दौडमा सहभागी हुने घोषणा गरेका छन् ।

त्यो दौड नै आफ्नो खेल जीवनको अन्तिम औपचारिक सहभागिता रहने उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot