Logo

मेगा बैंक नेपाल आजबाट आठौं वर्षमा प्रवेश, हेर्नुहोस् वार्षिकोत्सवका तस्विरहरु



काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड आजबाट आठ वर्षमा प्रवेश गरेको छ ।

सातौं बर्ष पूरा गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार कमलादीस्थित प्रधान कार्यालयमा विशेष कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ ।
उक्त कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने बताए ।

सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरेको छ । त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट सुरुवात भइसकेको उनले बताए ।

त्यस्तै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष २० वटा नयाँ शाखा खोल्ने जानकारी दिए ।

स्थानीय निकायको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको भन्दै उनले नयाँ नगरपालिका र गाउँपालिकामा शाखा विस्तार गरिने बताए ।
बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको बर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको सिइओ शाहले बताए ।

मेगा बैंकको ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ५० वटा एटीएम सञ्जाल छन् । देशका ५८ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले करिब १५ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot