८ साउन, बागलुङ । ‘कालिका पत्रकारिता पुरस्कार’ बाट बागलुङका चार पत्रकारलाई पुरस्कृत गरिएको छ । बागलुङ कालिका भगवती गुठीमा स्थापित पुरस्कार मन्दिरको विकास र प्रवद्र्धनमा पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानबापत प्रदान गरिएको हो । विसं २०७२ र २०७३ सालको पुरस्कार एउटै समारोहमा वितरण गरिएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
विसं २०७२ को पुरस्कार ‘अन्नपूर्ण पोस्ट’कर्मी दिल शिरीष र ‘गोरखापत्र’कर्मी प्रदीप पन्तलाई प्रदान गरिएको छ । यस्तै २०७३ सालको पुरस्कार ‘कान्तिपुर दैनिक’का प्रकाश बराल र ‘धवलागिरि टेलिभिजन’का सुवास आचार्यले प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल र गुठीका अध्यक्ष राजु खड्काले पत्रकारलाई संयुक्त रुपमा जनही रु पाँच हजारसहित, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका थिए ।
पुरस्कार प्रदान गर्दै नगरपालिकाका प्रमुख पौडेलले धार्मिक सम्पदाको उत्थान र संरक्षणमा पत्रकारको अहम् भूमिका रहने बताए । गुठीका अध्यक्ष खड्काले वर्षेनी दुई पत्रकारलाई सो पुरस्कार प्रदान गरिने जानकारी दिए । रासस