Logo

तेह्रथुमका जनयुद्ध पीडितले बल्ल पाए राहत



८ साउन, तेह्रथुम, । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा पीडित भएका र पीडितका परिवारलाई पाँच करोड रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ ।
जिल्लाका १९० जना द्वन्द्वपीडितलाई पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी, वेदनिधि खनालले बताए ।
द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका द्वन्द्वपीडितलाई राहतस्वरूप आर्थिक सहायता रकम दिइएको प्रजिअ खनालले जानकारी दिए ।
कार्यदलको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वमा मारिएका सर्वसाधारण ७१ जना, सुरक्षाकर्मी नौजना र कर्मचारी एकजना गरी जम्मा ८१ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी रु १० लाख पु¥याइएको छ ।

उक्त ८१ जनामध्ये ७८ जना मृतकका परिवारले मात्र राहत रकम लिएका छन् । बाँकी तीनजनाको परिवार भने सम्पर्कमा नआएको स्थानीय शान्ति समितिका संयोजक देवनारायण सम्बाहाम्फेले बताए ।
स्थानीय तहको चुनाव अगाडि नै राहत रकम आएको भए पनि निर्वाचन आचारसंहिताका कारण निर्वाचनपछि मात्रै वितरण गर्न भनिएकाले प्राप्त राहत रकम पूर्णरूपमा वितरण गर्न नसकिएको सम्बाहाम्फेले जाकारी दिए ।
सशस्त्र द्वन्द्वकै क्रममा बेपत्ता भएका चारजनामध्ये दुईजनाको परिवारलाई यसअघि नै रु पाँच लाख उपलब्ध भएको र थप रु पाँच लाख बेपत्ता व्यक्तिका हकदारलाई प्रदान गरिएको उनले बताए ।
बाँकी दुईजना भने जीवितै भेटिएकाले उनीहरूको नाममा आएको राहत रकम फिर्ता भएको छ ।

त्यसैगरी द्वन्द्वको समयमा राज्यपक्ष तथा तत्कालीन विद्रोही पक्षबाट विस्थापित भएका १११ जनाका लागि यसअघि प्राप्त रकममा थप गरी रु २५÷२५ हजार राहत रकम वितरण गरिएको छ ।

राहत वितरणलाई पारदर्शी बनाउन सबै रकम बैंकमार्फत वितरण गरिएको बताइएको छ । पीडित सम्पर्कमा आउन ढिला भएका कारण केही पीडितले भने राहत पाएनन् ।

कार्यदलको प्रतिवेदनअनुसार द्वन्द्वपीडितलाई वितरण गर्न जम्मा रु पाँच करोड ४३ लाख बजेट प्राप्त भएको थियो । रासस

 



प्रतिक्रिया दिनुहोस्