Logo

पर्यटन प्रवद्र्धनका लागि बेतिनी सिमसारमा दुईवटा डुंगा चलाउन शुरु



८ साउन, पथरी (मोरङ) । उर्लाबारी–२ मंगलबारेमा रहेको बेतिनी सिमसारमा दुईवटा डुंगा चलाउन शुरु गरिएको छ ।
उर्लाबारी नगरपालिकाले सिमसारको विकासका लागि नगरपालिकाले बजेट छुट्याउने भएपछि सिमसार विकासको काम अगाडि बढाइएको हो ।

बेतिनी सिमसार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दाहालका अनुसार सिमसारमा अवस्थित पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो ।
बेतिनी सिमसारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै जैविक विविधता संरक्षणमा पनि ठूलो भूमिका खेल्ने उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको भनाई छ । उनले भने – “पर्यटन प्रवद्र्धन गरेर यो ठाउँको विकासमा सिमसारले महत्वपूर्ण सहयोग गर्छ ।

सिमसारमा राखिएका ती दुईवटा डुंगा एक लाख ९० हजार रुपैयाँ खर्चिएर ल्याइएको हो । डुंगा चढेबापत प्रतिव्यक्ति रु ५० लिने सिमसार व्यवस्थापन समितिले जनाएको छ ।

उक्त सिमसार परिसरमा बाल उद्यान निर्माणको कामसमेत भइरहेको सिमसार व्यवस्थापन समितिका सचिव गोपाल खरेलले बताए ।
सिमसारको शहर भनेर घोषणा गरिएको उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर सिमसारलगायत अन्य सिमसार क्षेत्र पर्छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot