Logo

सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुको छुट्टै संगठन



काठमाडौँ, ८ साउन । सामाजिक विषय अध्यापन गर्ने शिक्षकले आफूहरुको संस्था स्थापनाका लागि तदर्थ समिति गठन गरेका छन् । विद्यालय तहमा सामाजिक विषय पढाउँदै आएका शिक्षकहरुले समिति गठन गरेका हुन् ।

विश्व निकेतन विद्यालयमा शनिबार भएको भेलाले शिक्षक महेन्द्र विष्टको संयोजकत्वमा डिल्ली शर्मा, गोविन्द भण्डारी, ज्ञानबहादुर अधिकारी, सुशीला ढकाल, ध्रुव थापा, माधव दाहाल, शान्ता ढकाल, नारायण नेपाल, रामेस्वार्थप्रसाद रौनियार र सूर्यबहादुर गुरुङ सदस्य रहेको समिति गठन गरेको हो ।

समितिको सल्लाहकारमा डा श्रीराम उपाध्याय, विनय कुशियत, खुविराम अधिकारी, बोधकुमार खनाल, गणेश दाहाल छन् ।
संस्थाले सामाजिक अध्ययन विषयसँग सम्बन्धित मुद्दामा अन्तक्र्रिया गर्ने, सरकारी निकायमा पहुँच विस्तार गर्ने, तालीम सञ्चालन गर्ने तथा सामूहिक भावनाको विकास, सामाजिक विषयको अध्यापनमा एकरुपता कायमको काम गर्ने लक्ष्य लिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot