Logo

माग पूरा नगरे संयुक्तराष्ट्र संघमा धर्ना दिने राष्ट्रिय ख्रीष्टियन महासंघको चेतावनी



साउन ८, काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महानसंघले सरकारसमक्ष पाँच बुँदे माग राख्दै पूरा नभए संयुक्तराष्ट्रसंघमा गएर धर्ना दिने चेतावनी दिएको छ ।

रिपोर्टस क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर महासंघले आफुहरुको मागप्रति सरकार गम्भीर नभए राष्ट्रिय स्तरमा शान्तिपूर्ण आन्दोलनसहित राष्ट्रसंघ र विभिन्न देशका दुतावासमा धर्ना दिने घोषणा गरेको हो ।

महासंघका अध्यक्ष सिवि गहतराजले आन्दोलनका कार्यक्रम केही दिनमा सार्वजनिक गरिने बताए ।
सरकारले नेपाली ख्रीष्टियनमाथि अन्याय गरेको आरोप लगाउँदै धर्म प्रचारसँग सम्बन्धत संघ संस्थाको नविकरण रोक्ने संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय खारेज गर्न माग गरेको छ ।

महासंघका उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजूद्धार जारी प्रेस विज्ञप्तिमा पाँचवटा माग अघि सारिएको छ ।
महासंघले गत वैशाख ३ गते कार्यालय सचिव सन्तोष खड्कामाथि भएको गोली प्रहार र अजम्सन चर्चमा भएको आगजनिको छानविन गर्न माग गरेको छ । महासंघले आफुहरुमाथि भएको अत्याचारको विषयमा सरकारले छानविन नगरेको भन्दै आपत्ति जनाएको हो ।

त्यस्तै सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयका लागि उच्च स्तरीय समिति बनाउन समेत महासंघले माग गरेको छ । गत जेठ ७ गते सिलोआम बाँसबारी टुपेक चर्चमा भएको घटनाको छानविन गर्न पनि माग गरिएको छ ।

सिबि गहतराज, अध्यक्ष, राष्ट्रिय ख्रीष्टियन महानसंघ

महासंघले ख्रीष्टमस डे ख्रीष्टमस इभ, अप्रिलमा मनाइने गुड फ्राइडे र इष्टर सण्डेसहित ४ वटा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गरेको छ ।
महासंघका अध्यक्ष गहतराजले नेपाली क्रिष्टियनले देश निर्माणमा ठूलो योगदान दिएको दाबी गर्दै भने, “सरकारले भने आफुहरुको अपमान गरेको आरोप लगाएको छ ।”
“हामी दबाबको भाषा बोल्दैनौँ, सरकारले नैतिकताको भाषा बुझ्नुपर्छ ।” गहराजले भने ।

 



प्रतिक्रिया दिनुहोस्