Logo

एसियाली भारत्तोलन च्याम्पियनसिप काठमाडौंमा सुरु



काठमाडौं, ८ साउन । एसियाली युवा तथा जुनियर भारत्तोलन च्याम्पियनसिप आइतबार (आज)बाट काठमाडौंमा सुरु भएको छ ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद कम्प्लेक्समा आज आयोजित विशेष समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा सहभागि सबै ३० देशका खेलाडीहरुले उद्घाटन समारोहमा मार्च पास गरेका थिए ।यसैगरी, विभिन्न सांस्कृतीक प्रस्तुती तथा झाँकी समेत प्रदर्शन गरिएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ १ सय ४८ तथा महिलातर्फ ९३ गरी कूल २ सय ४१ खेलाडीले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्दैछन् । एशियाली भारत्तोलन महासंघको कार्यक्रमअनुसार नेपाल भारत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा नेपालका १३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

एक सातासम्म चल्ने प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरु भोलिदेखि मात्रै हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot