Logo

बार्सिलोनाद्धारा युभेन्टस २–१ ले पराजित



काठमाडौं, ८ साउन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीमा बेचिने हल्लाका बीच नेइमारले अमेरिकामा भइरहेको विश्व उत्कृष्ट क्लबहरुबीचको प्रतियोगितामा च्याम्पियन्स लिगको फाइनलिस्ट इटालीको युभेन्ट्सविरुद्ध २ गोल हानेका छन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनालाई ३–० ले बाहिर राखेको युभेन्ट्विरुद्ध नेइमारले १५ र २६ मिनेटमा उत्कृष्ट गोल गरे। ८० हजार दर्शकबीच मेटलाइफ रंगशालामा भएको यस खेलमा बार्सिलोनाले २–१ ले युभेन्ट्सलाई पराजित गरेको थियो।

नेइमारको लागि बार्सिलोनाले १ सय ९७ मिलियन पाउन्डको ‘रिलिज क्लज’ राखेको छ। ४२ मिनेटमा नेइमार ह्याट्रिक नजिक थिए। मेसीको पासमा उनले गरेको प्रहार बुफोनले रोकेका थिए।

डिफेन्सिभ मिडफिल्डर डानी आल्भेसलाई यसै सिजन बेचेको युभेन्ट्सले शनिवार रातीको खेलमा उनको अनुपस्थिति महसुस गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot