Logo

माधव नेपाल चढेको गाडी तोडफोड गर्नेलाई कारबाही गर्न एमालेको माग



काठमाडौँ, ८ साउन । नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल चढेको गाडीमाथि शनिबार रामेछापको मन्थलीमा भएको तोडफोडको निन्दा गरेको छ ।

पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आज विज्ञप्ति जारी गरी तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तोडफोडमा संलग्नलाई कडा कारबाहीको माग गर्नुभएको छ ।

नेता नेपाल चढेको बा५च २७५० नं को गाडी गत शनिबार राति रामेछापको मन्थली नगरपालिका कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा तोडफोड गरिएको थियो । नेता नेपाल ३९औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो । । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot