Logo

युवाहरुद्धारा दलित बस्तीमा सोलार वितरण



९ साउन, मुगु । लामो समय पछि अध्योरामा बस्न बाध्य मुग छायाँनाथ रारा नगरपालिका ८ चुगागाउँको दलित बस्तीमा निःशुल्क सोलार बितरण गरिएको छ । रोजगारी र अध्ययनको शिलशिलामा स्वदेश तथा बिदेशमा बस्दै आएका युवाहरुको सहयोगमा युथ फर बेटर नेपालले गाउँमा पुगेर ३० थान सोलार सेट बितरण गरेको हो ।
यस अघि महङगो मुल्यमा मट्टीतेल किनेर टुकी बाल्दै आएकाहरु सोलार पाएपछि खुसी भएको स्थानीय रतन विके बताए । नगरपालिकामा बिजुली भएपनि दलितहरु अहिले सम्म टुकी को सहायता लिदै आएका थिए । यस अघि गाउँमा मट्टितेल सहज रुपमा नपाईने र यातायातको सहज नभएकोले पनि सोलार वितरण पछि बालबालिको लागि पढाईमा सहजता आउने विकेले बताए ।

आधुनिक खालको ड्राई ब्याट्री भएको तिन वटा बत्ती बाल्न मिल्ने १० वाटको निःशुल्क सौर्यपाता वितरण गरिएको हो । बितरण कार्य पहिलो चरणमा बिजुली नपुगेको बस्तीमा बितरण गरिएको र आगामी दिनहरुमा अन्य ठाउँमा रहेका दलित समुदालयलाई बितरण गरिने युथ फर बेटरका अध्यक्ष सुमन बिष्टले बताए । बिजुली बाल्नुका साथै मोवाईल चार्ज गर्नका लागि समेत सहयोग पुगेको छायाँनाथ रारा नगरपालिका मेयेर हरिजंग शाहीले बताएका छन ।

यस्तै सोहि गाउँकै दलित बालबालिकाहरुले पढदै आएको मालिका प्राथमिक विद्यालयमा पनि एक थान सोलार वितरण गरिएको छ । सोहि नगरपालिकाको १४ बडाको १० घर दलित बस्तीमा केहि दिनमा तिरण गरिने भएको छ । कर्णली आफैमा भौगोलिक रुपमा विकट भएको र पछिल्लो समयमा सरकारका कार्यक्रमहरु भुकम्प प्रभावित जिल्लामा केन्द्रित भएपछि आफुहरु कर्णली आएको संस्थाका अध्यक्ष बिष्टले बताए । युवाहरुले यस अघि रुकुमको एक विद्यालयमा कम्प्युटर ल्याव निमार्ण गरेको छन ।

 



प्रतिक्रिया दिनुहोस्