Logo

महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डले जित्यो



काठमाडौं, साउन ९ । आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि इङ्ल्यान्डले जितेको छ ।

आइतबार राती लर्ड्समा भएको फाइनलमा भारतलाई ९ रनले हराउँदै इङ्ल्याण्डले उपाधि जितेको हो ।२ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रनमात्रै बनाएपछि इङ्ल्याण्ड ९ रनले विजयी हुँदै उपाधि जितेको हो ।

भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिए ।इङ्ल्याण्डको जितमा एन्या श्रब्सोल एक्लैले लिएको ६ विकेट महत्वपूर्ण रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो ।उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot