Logo

स्वयंसेविकालाई साइकल स्वयंसेविकालाई साइकल



कञ्चनपुर, ९ साउन । कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको रु तीन लाख ५० हजार रकम खर्च गरी साइकल वितरण गरेका हुन् ।

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गतका ३९ र रौतेली बिचवा स्वास्थ्य चौकीअन्तर्गतका १० गरी ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य जनक धामीले बताए । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot