Logo

कस्तो रह्यो सोमबारको शेयर बजार ? पढ्नुहोस विस्तृतमा



साउन ९, काठमाण्डौँ । पुँजी बजारमा कारोबार रकम बढ्ने क्रम जारी रहेको छ । परिसूचकमा गिरावट आए पनि पनि कारोबार रकम भने माथि गइरहँदा लगानी कर्तामा आत्मविश्वास बढेको छ । सोमबार १ हजार ६ सय ३५ दशमलव ५६ अंकबाट हरियो भएर सुरु भएकोमा बजार बन्द हुँदा १ हजार ६ सय २९ दशमलव शुन्य ८ अंकमा ओरालो लागेर बन्द भएको छ ।

साताको पहिलो दिन आइतबार सामान्य अंकले ओरालो लागेको नेप्से दोस्रो दिन सोमबार  पनि घटेको छ । सोमबार नेप्से परिसूचक ६ दशमलव ४८ अंकले ओरालो लागेर १ हजार ६ सय २९ दशमलव शून्य ८ को बिन्दुमा बन्द भएको छ ।

त्यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक २ दशमलव ४१ अंकले ओरालो लागेर ३ सय ४४ दशमलव ६ शून्य अंकमा बन्द भएको छ । सोमबार जम्मा १ सय ५३ कम्पनीको १७ लाख २५ हजार ८ सय ५५ कित्ता सेयर किनबेच भएको छ । ९ हजार १ सय ३६ वटाको कारोबारबाट १० अर्ब ५५ करोड ३३ लाख २ हजार ६ सय ७ रुपैया बराबरको कारोबार भएकोछ ।

सोमबारको कारोबारमा कारोबार भएका आठ समूहमध्ये पाँच समूहमा गिरावट आएपछि समग्र बजार घटेकोे  छ । केही दिनदेखि निरन्तर बीमा समूह बढेकोमा पनि सोमबार पनि सबैभन्दा बढी बीमा समूहमा नै बढेको छ । आइतबार २७५ अंकले उकालो लागेको बीमा समूह सोमबार १०० दशमलव ७ अंकले उकालो लागेर ९ हजार ३ सय ६९ दशमलव २५ अंकमा बन्द भएको छ । बढेको छ ।

बीमा कम्पनीहरूले हकप्रद र बोनसमार्फत् आफ्नो चुक्तापुँजी वृद्धि गर्ने योजना बीमा समितिमा पेस गरेको खबर सार्वजनिक भएपछि लगानीकर्ताहरू बीमा कम्पनीतर्फ आकर्षित भएको देखिन्छ । त्यसैगरी सोमबारको कारोबारमा उत्पादन तथा प्रशोधन समूह ३९ दशमलव ७८, फाइनान्स समूह ३ दशमलव ६१ अंकले उकालो लागेका छन् ।

त्यसैगरी  बाणिज्य बैक १५ दशमलव २६, होटल समूह २६ दशमलव ७१, विकास बैंक ७ दशमलव शून्य ४, जलविद्युत् ४ दशमलवशून्य २  र अन्य समूह शून्य दशमलव ५८ अंकले गिरावट आएको छ । परिसूचकमा करेक्सन आएपनि कारोबार रकममा आइतबारको तुलनामा केही वृद्धि देखिएको छ ।

आइतबार १ अर्ब ४ करोड ८३ लाख रुपैयाँको कारोबार भएकोमा सोमबारभने १ अर्ब ५ करोड ५३ लाख रुपेयाँभन्दा बढीको शेयर किनबेच भएको छ । सोमबारको कारोबारमा सानिमामाई हाइड्रोको सर्वाधिकार सरोबार भएको छ । कम्पनीको शेयर ८ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नेसनल हाइड्रोको पनि पाँच करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

सोमबारको कारोबारमा सबैभन्दा धेरै नेसनल हाइड्रो पावरको  शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै गुमाउनेमा हाम्रो विकास बैंकका लगानीकर्ता रहेका छन् ।।



प्रतिक्रिया दिनुहोस्

Screenshot