Logo

संघिय समाजवादी फोरमको कुरा हामीलाई त्यति मिठो लागेन : देवेन्द्र पौडेल



नयाँ शक्ति र संघिय समाजवादी फोरमबिचको एकतामा अड्चन आएको छ । तत्काललाई एकता प्रक्रिया स्थगित गरेर दुवै दलले एकताको विषयमा केन्द्रिय समितिको बैठकमा छलफल गर्ने तयारी गरेका छन् । यसै विषयमा नयाँ शक्तिका प्रभावशाली नेता देवेन्द्र पौडेलसँग ऋषि धमलाले कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा धमलाले पौडेलसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नयाँ शक्ति र संघिय समाजवादी फोरमबिचको एकता कहाँ पुग्यो ?
विचार र सिद्धान्तका कुरा लगभग मिलिसकेको छ । नामको अभिव्यक्ति र नेतृत्वको सेटिङ तथा संगठनको स्वरुपको विषयमा विमति रहेको छ ।

बाबुराम भट्टराईले नेतृत्व खोज्नुभएको हो ?
पक्कै पनि नेपालको प्रधानमन्त्री भइसकेको व्यक्ति, नेपालको आन्दोलनको अगुवाई गरेको नाताले उहाँले नेतृत्वको दाबी गर्नु स्वभाविक हो ।

उपेन्द्र यादवले बाबुराम भट्टराईको नेतृत्व अस्विकार गर्नुभएको हो ?
त्यसो त नभनौँ । यादवले बाबुराम भट्टराईलाई एक नम्बरमा राखेर पार्टीभित्र सम्मान दिने कुरा गर्नुभएको हो । कार्यकारी प्रमुख राख्ने कुरामा मान्नुभएको छैन । तर सम्मानर्थको पद मात्रै बाबुरामलाई राख्नुपर्छ भन्ने अभिव्यक्ति लगातार आयो । बाबुराम भट्टराई सम्मानको पदमा मात्र बस्न उचित छैन । त्यो बेला भएको छैन । त्यसैले सर्वोच्च नेता वा सर्वमान्य नेताको रुपमा मात्र राख्ने कुरा हामीले स्विकार गरेका छैनाँै ।

त्यसो हो भने एकताको सम्भावना तत्काललाई ट¥यो ?
टरेकै त होइन, स्थगन गरिएको हो । अब दुवै पार्टीको केन्द्रिय समितिको बैठक बसेपछि थाहा हुन्छ ।

बाबुराम भट्टराईलाई जहिले पनि पद चाहिने हो ?
त्यो त बाबुराम भट्टराईलाई नै सोध्नु होला । तर जहिले पनि पद खोजेको जस्तो त मलाई लाग्दैन । किनकी देशको प्रधानमन्त्री भइसकेको व्यक्ति पार्टीभित्र तल बस्ने कुरा भएन नि ।

पार्टीको नामका विषयमा के छलफल भएको छ ?
पार्टीको नाम नितान्त नयाँ राख्ने कुरा भएको छ । हामीले नेपाल समाजवादी पार्टी राखौँ भनेर प्रस्ताव गरेका थियौँ । तर नाममा पनि उहाँहरुले पुरानै कुराको निरन्तरता खोज्नुभयो । त्यो हामीलाई त्यति मिठो लागेन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot