Logo

सञ्जय पण्डित अब सम्झनामा मात्रै



काठमाडौँ, १० साउन। कीर्तिमानी आरोही सञ्जय पण्डितको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको छ । उनको असार ३ गते संयुक्त राज्य अमेरिकाको अलास्कास्थित डेनाली हिमाल आरोहणका क्रममा मृत्यु भएको थियो ।

सोमबार अमेरिकामा उनको शब नेपाल ल्याइएकोमा आज श्रद्धाञ्जलीका लागि पार्थिव शरीर दशरथ रंगशालामा राखिएको हो । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेता, खेलकर्मी र सर्वसाधारण पुगेका थिए ।

पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको आरोहण गरेका थिए । उनले विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को, अफ्रिकाको किलिमान्जारो, युरोपको एलव्रसलगायत विभिन्न महादेशका हिमालको पनि सफल आरोहण गरेका थिए । उनको अन्तिम संस्कार गृहजिल्ला प्युठानमा हुने बताइएको छ ।

तस्बीर- मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot