Logo

सात अंकले उकालो लागेको शेयरबजारमा कारोबार कति भयो ?



साउन १०, काठमाण्डौ । लगातार चार दिनसम्मसामान्यअंकले ओरालो लाग्दै आएको नेप्से परिसुचक साताको तेस्रो दिन मंगलबार भने उकालो लागेको छ । कारोबार भएकामध्ये बैँक र अन्य समुहबाहेकका अरु सबै समुहको परिसुचक सकरात्मक दिशातर्फ गएको छ । कारोबार रकम  भने अघिल्लोा दिनको तुलनामा करिब ९ करोडले घटेको छ ।

मंगलबार नेप्से परिसूचक ७ दशमलव ११ अंकले उकालो लागेर १ हजार ६ सय ३६ दशमलव १९ को बिन्दुमा बन्द भएको छ ।  त्यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्र्ने सेन्सेटिभ परिसुचक शून्य दशमलव १७ अंकले उकालो लागेर ३ सय ४४ दशमलव ७७ अंकमा बन्द भएको छ । मंगलबार कारोबार भएका समूहमध्ये बाणिज्य बैंक तथा अन्य समूह बाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार बढेको छ । मंगलबार परिसूचकमा वृद्धि देखिए पनि कारोबार रकममा भने सोमबारको तुलनामा केही कमी आएको छ ।

सोमबार १ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच भएकोमा बजारमा मंगलबार १५६ कम्पनीको ९४ करोड ८५ लाख ६५ हजार १०६ रुपैयाँको शेयर किनबेच भएको छ  । नयाँ आर्थिक बर्ष  सुरु भएयता लगानीकर्ताहरु बीमा कम्पनीतर्फ आकर्षित भएका छन् । मंगलबार पनि बीमा समूह सबैभन्दा बढी १ सय ५७ दशमलव ३२ अंकले उकालो लागेर ९ हजार ५ सय २६ दशमलव ५७ बन्द भएको छ ।

त्यस्तै मंगलबार उत्पादन तथा प्रशोधन समूह ७९ दशमलव ८५ अंक, जलविद्युत् समूह १८ दशमलव शून्य ३ अंक, होटल ८ दशमलव ३९ अंक, फाइनान्स ६ दशमलव ९६ अंक, विकास बैंक ६ दशमलव ४८ र व्यापार १ दशमलव ३५ अंकले उकालो लागेका छन् ।  त्यसैगरी बाणिज्य बैक  शून्य दशमलव ४ अंक र समूह ३ दशमलव १८ अंकले ओरालो लागेको छ ।

मंगलबार राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको शेयर १० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  त्यसैगरी नेपाल इन्स्योन्सको ५ करोडमाथिको शेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार सिनर्जी पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot