Logo

नयाँ स्वास्थ्यमन्त्रीमा पोखरेल 



काठमाडौं, ११ साउन । नयाँ स्वास्थ्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल नियुक्त हुने भएका छन् ।

सत्तासाझेदार दल माओवादी केन्द्रको केहीबेर अघि पार्टी मुख्यालय पेरिसडाडामा बसेको हेडक्वार्टर बैठकले पोखरेललाई स्वास्थ्यमन्त्री बनाउने निर्णय गरेको हो । माओवादीले उनका अलावा अरु पाँचजना मन्त्रीको नाम टुंगो लगाएको छ ।

केन्द्रले पार्टीबाट मन्त्री हुनेहरुको नाम मोटामोटी रुपमा यसअघि नै टुंग्याएको थियो । पहिलेपनि स्वास्थ्यमन्त्री बनिसकेका अनुभवी नेता भएकाले पोखरेललाई सिफारिस गरिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन् ।

पोखरेल महोत्तरी १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै नयाँ मन्त्रीहरु नियुक्त गर्ने कार्यक्रम छ । नवनियुक्त मन्त्रीहरुको आजै सपथ हुने कार्यक्रम पनि रहेको छ । PHOTO source: OK

 



प्रतिक्रिया दिनुहोस्