Logo

स्थानीय तहमा बजेट निकासा



जुम्ला, ११ साउन । यहाँका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको हो । कार्यालय प्रमुख विश्वप्रसाद अर्यालका अनुसार चन्दननाथ नगरपालिकामा रु सात करोड ८८ लाख १६ हजार तथा कनकासुन्दरी गाउँपालिकामा रु छ करोड ७६ लाख ४८ हजार, गुठिचौरमा रु पाँच करोड ४५ लाख ३५ हजार, तातोपानीमा रु सात करोड ७२ लाख ८३ हजार र तिला गाउँपालिकामा रु छ करोड ८२ लाख ३७ हजार बजेट निकासा गरिएको छ ।

पातारासी गाउँपालिकामा रु सात करोड ४५ लाख ४३ हजार, सिंजा गाउँपालिकामा रु पाँच करोड ९९ लाख ३१ हजार र हिमा गाउँपालिकामा रु पाँच करोड ६९ लाख ३६ हजार बजेट निकासा गरिएको छ । वित्तीय समानीकरण र ससर्त बजेटस्वरुप आठवटै स्थानीय तहमा कूल रु ५३ करोड ७९ लाख ३२ हजार बजेट निकासा गरिएको अर्यालले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot