Logo

कुलमान भन्छन् : लोडसेडिङको सम्भावना अब सकियो



काठमाडौं, ११ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङको सम्भावना सकिएको बताएका छन् ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले राजधानीमा गरेको कार्यक्रमममा उनले लोडसेडिङ हुँदैछ भन्ने हल्ला निराधार भएको भन्दै तत्काल लोडसेडिङको सम्भावना नभएको प्रष्ट पारे ।

गत बर्षभन्दा यस बर्ष २ सय मेघावाट बिजुलीको माग बढेको भन्दै उनले त्यसकालागि विद्युत चुहावट नियन्त्रणा गरे पुग्ने बताए । ढल्केवर सवस्टेशन सम्पन्न भएपछि १ सय मेघावाट विद्युत थप हुने भन्दै घिसिङले यस बर्ष लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गरे ।

उनले दिगो र गुणस्तरीय विद्युतको पहुँच समुदायको अधिकार भएकाले ग्रामीण तहसम्म चेतना विस्तार गर्नु पर्नेमा जोड दिए ।

उर्जाविद दिपक ज्ञवाली र राष्ट्रिय योजना आयोगका सदस्य अरविन्द्रकुमार मिश्रले सामुदायिक विद्युतीकरण सफल पार्न छुट्टै ऐनको आवश्यकता औंल्याए । अहिले भएको २४ प्रतिशत विद्युत चोरी नियन्त्रण गर्नुपर्ने भन्दै उनीहरुले उचित विद्युत महशुल निर्धारण गर्न सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot