Logo

राप्रपा सरकारमा किन सहभागि भएन ? नेता बुद्धिमान तामाङले गरे खुलासा



साउन १२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वुद्धिमान तामाङले आफ्नो पार्टीलाई सरकारमा सहभागि नगराएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले मन्त्रीमण्डलमा सहभागिताका लागि बनाइएको वार्ता टोली भङ्ग गरिएको बताउँदै प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले खाए खा नखाए घिच शैलीमा व्यवहार गरेको आरोप लगाउँदै तामाङले मन्त्रीमण्डलमा सहभागिताका लागि परीक्षा लिइएको गुनासो गरे ।
तामाङले भने, “लोकतान्त्रिक फोरमले र संयुक्तले चाँही जाँच दिनु नपर्ने, हामीले जाँच दिनुपर्ने । सरकारमा सहभागि हुनका लागि ।”
राप्रपाले जहिले पनि सरकारलाई सहयोग गरेको तर अस्थिर राजनीति नगरेको तामाङको दाबी छ । तर सरकारको नेतृत्व गर्नेहरुले चाहिएको बेलामा बोलाउने नचाहिएको बेलामा वास्ता नगर्ने गरेको उनको भनाई छ ।
मन्त्रालय भागबण्डामा पनि अन्याय गर्न खोजिएको तामाङले खुलासा गरे ।
१७ सिट भएकोलाई र ३७ सिट भएकोलाई बराबर मन्त्रालय दिन खोजिएको तामाङले खुलासा गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ४ वटा मन्त्रालय राप्रपाका लागि छुट्टयाएर राखिएको दाबी गर्दै सरकारमा सहभागि नहुने तामाङले बताएका छन् ।
आफुहरुले मन्त्रालय छान्न नपाएको भन्दै तामाङले प्रधानमन्त्रीले कुनै छलफल नगरेको दाबी गरेका छन् ।

जन सम्पर्क नहुने मन्त्रालय राप्रपालाई दिन खोजिएको समेत उनले बताए ।

संविधान संशोधन प्रस्तावका विषयमा भने राप्रपा सकरात्मक नै रहने तामाङले जानकारी दिएका छन् । सरकारलाई दिएको समर्थन बैठक बसेर फिर्ता गर्ने निर्णय गरिने तामाङले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot