Logo

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने



साउन १२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सरकारमा सहभागि हुन चाहेको राप्रपालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निष्कर्षमा राप्रपा पुगेको हो ।

केन्द्रिय समितिको बैठक बसेर समर्थन फिर्ताको निर्णय गरिने राप्रपाका नेता वुद्धिमान तामाङले जानकारी दिएका हुन् । आफ्नो पार्टी सरकारमा सहागि हुन चाहँदा चाहदै पनि प्रधानमन्त्री देउवाले वेवास्ता गरेकाले सरकारमा सहभागि हुन नपाएको गुनासो तामाङले गरेका थिए ।

आफुहरुले चाहे अनुसारको संख्या र मन्त्रालय देउवाले नदिएको तामाङको तर्क छ ।
समर्थन फिर्ता लिए पनि संविधान संशोधनका लागि भने सकारात्मक नै रहेको तामाङले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्