Logo

धनराजको तिज गितमा मिलन र प्रियंकाको अभिनय – भिडियो सहित



काठमाण्डौं, १२ साउन । गायक धनराज चुनाराको यस वर्षको अन्तीम तिज गीत बजारमा आएको छ । उक्त गीतमा मोडल प्रियंका नेपालीले अभिनय गरेकी छिन् । प्रियंका वादी समुदायकी एकमात्र मोडल हुन। हाम्रो नेपालमा वादी समुदाय अल्प संख्यामा रहेको कारणले पनि उनि भाग्यमानि मोडल हुन ।

चर्चित गायक धनराज चुनारा र डोल्मा सुनारको तिज गित ‘ढल्की ढल्की नाच मैना’ बोलको तिज गीतमा प्रियंकालाई सुर्खेतका मिलन सुनारले साथ दिएका छन् ।

खाईलाग्दो ज्यान मिलेकी मोडल प्रियंका वादी‘नेपाली’लाई गायक चुनाराले यस क्षेत्रमा अघि बढनको लागि महत्वपूर्ण भूमिका खेलेका छन् । लगनशिल भएर उनी यस क्षेत्रमा लाग्ने हो भने राम्रै स्थानलिन लिन सक्ने गायक चुनाराको अटकल छ । नाच्न र अभिनयमा पोख्त प्रियंका यसै क्षेत्रमा समय दिने बताउछिन् ।

फ्यूजन हिसावमा निमार्ण गरिएको उक्त गीत विकल क्रियशनले बजारमा ल्याएको हो । गितमा शब्द तथा संगित रुद्र जि।एमले गरेको रहेको छ ।
शम्भु चालिसेले छायाँकन गरेको भिडियोलाई रविन वि।कले सम्पादन गरेका हुन । भिडियोका निर्देशक नरेश सोनीले गरेका छन् । निर्देश सोनी चर्चित भिडियो निर्देशक पनि हुन ।

 

 



प्रतिक्रिया दिनुहोस्