Logo

राष्ट्रपति भण्डारीले गरिन रक्षाबन्धन ग्रहण



काठमाडौँ, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गर्नुभयो ।

शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिनुभयो । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रम निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारी र प्रम देउवालाई सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदी, राजयोगी ऐर, राजयोगी तिलकबहादुर शाही, राजयोगिनी अमरजित कौरलगायतले राखी प्रदान गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot