Logo

पानामा प्रकरण : पाकिस्तानी प्रधानमन्त्री शरीफ पदमा बस्न अयोग्य रहेको त्यहाँको सर्वोच्च अदालतको ठहर



काठमाण्डौ १३ साउन । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा त्यहाँको सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । यो निर्णयसँगै प्रधानमन्त्री शरीफ आफ्नो पदमा बस्नका लागि अयोग्य ठहरीनुभएको छ । उहाँले अब आफ्नो पदबाट राजिनामा दिनुपर्नेछ ।

पानामा पेपर लिक्स प्रकरणमा मुछिनुभएका शरीफ अबैधानिक तवरले सम्पति जोडेको आरोपमा दोषी ठहर हुनुभएको डाउन डटकमले जनाएको छ ।

पनामा पेपर लिक्स प्रकरणमा विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमराज खानले अदालतमा मुद्दा दायर गर्नुभएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot