Logo

कांग्रेसकै कारण राजपा दोस्रो चरणको निर्वाचनमा सहभागी नभएको ओलीको आरोप



काठमाडौं, १३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको कारणले राजपा दोस्रो चरणको चुनावमा सहभागी नभएको आरोप लगाएका छन् ।

उनले भने,राजपा दोस्रो चरणको निर्वाचनमा सहभागि नहुने थिएन, कांग्रेसले घुमाई फिराई चुनावमा सहभागि हुन दिएन, यसपटक पनि राजपालाई चुनावमा आउन नदिन कांग्रेसले अनेक बहाना खोजिरहेको छ, राजपा चुनावमा आए भोट घट्छ भन्ने कांग्रेसले सोचिरहेको छ । यस्तो कुरामा राजनीति नगर्न म कांग्रेसलाई आग्रह गर्छु ।’

तिब्बतको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले दोस्रो चरणको चुनावमै सहभागि हुन खोजिरहेको राजपालाई कांग्रेसले घुमाई फिराई चुनावमा आउन नदिएको पनि खुलासा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संविधान संशोधनलाई खेलांचीको विषय नबनाउन चेतावनी दिए । अहिलेको संसद संविधानसभाबाट रुपान्तरित भएको स्मरण गराउँदै ओलीले असन्तुष्ट दलहरुको माग सम्बोधन गर्न पहिलो पटक संविधान संशोधन भइसकेको बताए ।

संविधान संशोधन र चुनावजस्तो संवेदनशील विषयलाई राजनीतिक दाउपेचको विषय नबनाउन सरकारको नेतृत्व गरेको कांग्रेसलाई सझुाव दिएका हुन् ।

‘संविधान संविधानसभाले बनायो, अव त्यसलाई संशोधन गर्नुपरे नयाँ संसदले गर्छ । यो नयाँ संसद होइन, आवश्यक कानुन बनाउनका लागि राखिएको रुपान्तरित संसद हो’ ओलीले भने, ‘राजपा लगायतका दलहरुका लागि भनेर सुशील कोइरालाजीले हाम्रो असहमतिका बाबजुद संविधान संशोधन ल्याउनु भयो, हामीले हुँदैन भन्यौं । यति गरेपछि उहाँहरुले मान्नुहुन्छ भन्नुभएको थियो । लौ नत मान्छ भने भनेर संविधान संशोधन गरियो ।’

ओलीले संविधान संशोधनलाई खेलाँचीको विषय बनाएर देशहितको विषयलाई पनि राजनीति गर्ने विषय नबनाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्