Logo

नेइमार बार्सिलोना छाड्ने तयारीमा



काठमाडौं, १४ साउन । बार्सिलोनाका फरवार्ड स्टाइकर नेइमारले क्लब छाड्ने तयारी गरेका छन् ।

ब्राजिलियन खेलाडी नेइमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्ध हुन बार्सिलोना छाड्ने तयारी गरेका हुन् ।पिएसजीसँग सम्झौता अन्तिम चरणमा नेइमार पुगेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ क्लबसँग सम्झौता गर्न नेइमार तयार भएको र अनुबन्धन सम्झौता मंगलबारसम्म हुने बताइएको छ ।नेइमारलाई पिएसजीले १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो ।

पछिल्लो केही हप्तादेखि नेइमारले बार्सिलोना छोड्ने तयारी गरेका खबर आउने गरेका थिए ।अहिले भने सम्झौता अन्तिम चरणमा पुगेको र उनी पिएसजी जाने लगभग पक्का जस्तै भएको बताइएको छ ।

नेइमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot